Monday, December 23, 2024

जलवायु परिवर्तनकाे असरःउपल्लाे डाेल्पामा बैशाखमा भारि हिमपात,जनजिवन कष्टकर ( फाेटाेफिचर सहित)

Share

डाेल्पा,बैशाखकाे महिनामा उपल्लाे डाेल्पामा भारि हिमपात भएकाे छ। पुस र माघकाे महिना भारि हिमपात पर्नु स्वभाविक भएपनि जलवायु परिवर्तनकाे असरका कारण केहि दिन यता भारि हिमपात भइरहेकाे छ। अप्रत्यासित माैसमी परिवर्तनले जनजिवन कष्टकर बनिरहेकाे छ ।

४ हजार मिटरभन्दा माथिका गाउँवस्तीमा अध्यधिक जाडाेले मानिसलाइ मात्र नभएर पशुवस्तुकाे हेरचार गर्न समेत समस्या परेकाे शे फाेक्सुण्डाे गाउँपालिका वडा नम्वर १ का अध्यक्ष जिग्मे छाेइङ नाेर्बु लामाले जानकारी दिए। कमास,साल्दाङ,भिजेर लगाएतका गाउँमा लगातारकाे हिमपातका कारण अत्याधिक चिसाेका कारण मान्छेहरूमा रूघा,खाेकी लगाएतका विरामीहरू देखा पर्न थालेकाे उनले बताए। उपल्लाे डाेल्पामा पर्ने ३ वटा गाउँपालिका शे फाेक्सुण्डाे सहित,डाेल्पाेबुद्द र छार्काताङसाेङमा पनि साेहि समस्या छ ।

तस्वीर सामाजिक सञ्जालबाट

Table of contents

Read more

Local News