My Blog

६७औं १२ बर्षे शे मेलाको बारे पत्रकार सम्मेलानका साथै कार्यक्राम तालिका सर्वजानिक

काठमाडौंः यस बर्षको ऐतिहासिक ६७ औं १२ बर्षे शे मेला “दर्शन शेल रिवो डुग्ड्राको, आर्जन शान्तिको” भन्ने मूल नाराकासाथ  २०८१ भदौ १६ गते देखि २१ गते तदनुसार २०२४ सेप्टेम्बर १ देखि ६ सम्म शे फोक्सुण्डो गाउँपालिका वडा नं.३ शे गुम्बामा आयोजना गर्ने ६७ औं१२ बर्षेशेल रीवो डुग्ड्र(शे)मेला २०८१  मुल आयोजक समितिले आज नेपाल पर्यटन वोर्डमा पत्रकार सम्मेलन गर्दै घोषाण गरेका छन। यस ६७ औं १२ बर्षे शेल्री डुग्ड्रा (शे)मेला २०८१ कोप्रमुख उद्देश्य भनेको ऐतिहासिक १२ बर्षे शेल्री डुग्ड्रा (शे) मेलालाई स्मरण गर्दै विभिन्न धर्म गुरु ज्युहरुबाट सु स्वस्थ्य, दिर्घायु , आपासि सद्भव  र विश्व शान्तिको लागि पुजा, अविषेक र प्रवचन ग्रहण गर्दै शेल रिवो डुग्ड्राको परिक्रमा गर्ने  र सगंसगैं डोल्पोबासीले सामना गर्नुपरेका चुनौती तथा सम्भावनाका बारे सरकारको ध्यान आकृष्ट गर्नका साथै डोल्पोमा समुदायमा आधारित गुणस्तरीय पर्यावरणीय पर्यटनलाई प्रवद्र्धन गर्ने रहेको आयोजकले बताएका छन । शे मेला भोट बर्मेली बौद्ध पात्रो अनुसार १२ बर्षमा एक पटक लाग्ने डोल्पोको सबै भन्दा महत्वपूर्ण र ठूलो मेला हो । यो मेला शेल रिवो डुग्ड्रा पर्वत (क्रिस्टल माउन्टेन) को धार्मिक परिक्रमा (कोरा) गरि रिवो डुग्ड्रा पर्वत (क्रिस्टल माउन्टेन)को धार्मिक ढोका खुलाउने जिक्तेन गोम्पो रिन्छेन पल (११४३–१२१७) का शिष्य तपस्वि ड्रुपतोप सिंगे यिशे ज्यूको सम्मान स्वरुप मनाउने गर्दछ ।शे पर्वत बौद्ध मार्गिहरूको लागि, ईश्वरहरूको स्वर्गीय निवास हो। डोल्पो लगायत छिमेकी हिमाली क्षेत्र र तिब्बत देखि बौद्ध धर्मावलम्बीहरू वर्षभरि र विशेषगरी डुग्ल्हो (ड्रैगन वर्ष)मा कोरा (परिक्रमा) र पूजा गर्न आउँछन्। समयसँगै डोल्पो समुदायले यस पवित्र वर्षलाई मेलाको रुपमा मनाउन विशेष समारोह आयोजना गर्दै आएका छन् । शे रिवो डुग्ड्र (शे) मेलाको लोकप्रियता पनि बढ्दै गएकोले यस १२ वर्षे शे मेलामा करिब पन्ध्र हजार  भक्तजन र आगन्तुकहरू सगं मिलेर मनाउने आशा राखेका आयोजकले बताएका छन ।यस मेलामा औंसिका दिन शेल रिवो डुग्ड्राको परिक्रमा गर्नेका साथसाथै र  बौद्ध धर्मका विभिन्न उच्च ओहदाका लामाहरू (रिम्पोचे)बाट अध्यात्मा र वातावरण सम्बन्धी प्रवचन तथा अभिषेक र जीवन सशक्तीकरण सम्बन्धी धार्मिक क्रियाकलाप, डोल्पो क्षेत्रका विभिन्न गुम्बाहरूबाट मुखौटा नृत्य र गाँउहरूबाट सांस्कृतिक नृत्यहरू (स्याब्डो)का साथै अन्य नृत्यहरू, बृहत निशुल्क स्वास्थ्य सिविर, हस्तकला, परम्परागत साधनहरू, बुनाइका विधिहरू, निर्माण उपकरण, कलाकृतिहरू, चित्रकलाको प्रस्तुति गर्ने,  घोडा दौड, तिरन्दाजी आदि परम्परागत खेलहरुको प्रदर्शन गर्ने तथा डोल्पो क्षेत्रमा काम गर्ने विभिन्न विषय र क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने लगायत कार्यक्रम आयोजना गर्ने बताएका छन ।

यस शे मेलाको सम्भावित कार्य तालिका

पहिलो दिनः

१- बिहान १० बजे नेपाल सरकारका माननीय मन्त्रीहरू, माननीय संसदहरू तथा सरकारी तथा गैरसरकार संघ संस्थाका प्रतिनिधिहरूलाई आयोजक समिति र प्रतिनिधीहरूद्वारा स्वागत कार्यक्रम,

२- बिहान ११ बजेदेखि १२ः३० सम्म प्रमुख अतिथिद्वारा कार्यक्रमको औपचारिक समुद्घाटन कार्यक्रम,

दोश्रो दिनः

१- बिहानैदेखि १० बजेसम्म सम्पूर्ण तिर्थालुहरूद्वारा प्रसिद्ध शेल्री डुग्ड्रा पर्वत र बिचमा रहेका गुम्बाहरूको अवलोकन कार्यक्रम,

२- बिहान १०ः३० देखि ३७ औँ परम पूजनीय धर्म गुरु डिगुङ क्याब्गोन छेत्छाङ रिन्पोछेज्यूबाट सङ्क्रान्ति (फोवा) को आगम र प्रवचन,

३- दिनको १ः४५ देखि ३७ औँ परम पुजनिय धर्म गुरु डिगुङ छेत्छाङ रिन्पोछेबाट सङ्क्रान्ति (फोवा) को आगम र प्रवचनको साथै दीर्घायु अभिषेक प्रदान गरिने,

 तेश्रो दिन- 

१- बिहान ८ः३० बजेदेखि धर्म गुरु पुजनिय छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेज्यूबाट सैँतिस जिन पुत्र अभ्यास पुस्तकको माध्यमबाट प्रवचन 

२- दिनको १ः४५ देखि पुजनिय धर्म गुरु क्याब्जे मेनरी पोन्लोप ठिन्ले ङिमा रिन्पोछेद्वारा अन्तराभव (बार्दो) को विषयमा प्रवचनको साथै अन्तमा ज्यारिमाको दीर्घायु अभिषेक प्रदान,

चौथो दिन-

१– बिहान ८ः३० बजेदेखि धर्म गुरु पूजनीय छ्योक्टुल पेमा रिक्चाल रिन्पोछेज्यूबाट सैँतिस जिन पुत्र अभ्यास पुस्तकको माध्यमबाट प्रवचन,

२- दिनको १ः४५ देखि धनु तिर तिरन्जी खेल, घोडा धौड र अन्य बिभिन्न प्रकारका खेल मनोरञ्जन आयोजन गर्नुको साथै स्वास्थ्य शिविर विशेषगरी आँखा शिविरको साथमा शल्यक्रिया समेत गरिने,

पाँचौँ दिन- 

१- बिहान ८ः३० बजेदेखि टुल्कु पेम्मा रिक्चाल रिन्पोछेद्वारा दीर्घायुको अभिषेक प्रदानको कार्यक्रम,

२- दिनको १ः४५ देखि ४ः०० बजेसम्म स्थानिय परम्परागत नाचगान र विभिन्न सांस्कृतिक कार्यक्रम ।

छैटौँ दिन-

१-  पुजनिय धर्म गुरुहरू र अतिथिहरुको बिदाई कार्यक्रम,

२- दिनको १ बजेदेखि बिभिन्न स्थानिय परम्परागत नाचगान र सांस्कृतिक कार्यक्रमहरूको साथ साथै कार्यक्रमको औपचारिक समापन

Exit mobile version