Monday, December 23, 2024

शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुङ्ग्याइन्छः प्रधानमन्त्री दाहाल

Share

रासस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् ।

रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबिच सहमतिको प्रयास जारी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए । प्रधानमन्त्री प्रचण्डले आर्जै उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरे ।

Table of contents

Read more

Local News