My Blog

डाेल्पाे समाजकाे २५ औं वार्षीक उत्सव तथा गुम्बा उद्घाटन समाराेहःउपल्लाे डाेल्पाे क्षेत्रका वासिन्दाले जाेगाएकाे धर्म,संस्कृति र आत्मीय मेलमिलापकाे प्रशंसा

रूपक कुलाल,काठमाडाैँ

डाेल्पा जिल्लाकाे उपल्लाे भेगमा पर्ने डाेल्पाे क्षेत्र शे फाेक्सुण्डाे,डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका मिलेर बनेकाे छ। विगत २५ वर्ष देखि डाेल्पाे क्षेत्रका नागरिककाे सेवाका लागि खाेलिएकाे डाेल्पाे समाजले २५ औं वार्षीक उत्सव तथा गुम्बा उद्घाटन कार्यक्रम भव्य रूपमा मनाइ रहेकाे छ। काठमाडाैँमा रहेकाे समाजकाे अाफ्नै भवनमा ३ वटै पालिकाका स्थानीय वासीन्दाकाे उपस्थितिमा वार्षीक उत्सव मनाउने कार्यक्रम जारी छ। कार्यक्रममा उपस्थित पाहुना देखि स्थानीयवासीले समाजका संस्थापक अध्यक्ष निमा लामा रिन्पाेछे र उपल्लाे डाेल्पाे क्षेत्रका वासिन्दाले जाेगाएकाे धर्म,संस्कृति र आत्मीय मेलमिलापकाे प्रशंसा गरे।

शनिबार भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किंराती,पूर्व पर्यटन राज्यमन्त्री धनवहादुर बुढा,लुम्बिनि विकास काेषका उपाअध्यक्ष डा.लार्केल लामा,लामा मेनरी पोन्लाेब ठिन्ले  रिन्पाेछे,कर्णाली प्रदेश सभाका सदस्य विरवहादुर शाही र शेरबहादुर बुढा,उपल्लाे डाेल्पा लगाएत केहि तल्लाे डाेल्पाका गाउँपालिका जनप्रतिनिधि,रिन्पाेछेहरू,लामा गुरूहरू,नेपाल सरकारका कर्मचारी,विदेशी पाहुना लगाएत डाेल्पाेवासीकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रम तथा नवनिर्मित गुम्बाबाे उद्घाटन पर्यटन मन्त्री विंरातीले गर्नुभएकाे थियाे। कार्यक्रममा बाेल्दै मन्त्री किंरातीले डाेल्पाका पर्यटन क्षेत्रहरू शेफाेक्सुण्डाे ताल,कु गाउँ,धाे ताराप लगाएतका ठाउँहरूकाे प्रसंशा गर्नुभयाे। देशकाे पर्यटन क्षेत्रमा महत्वपूर्ण याेगदान दिइरहेकाे बताउँदै अव डाेल्पाकाे पर्यटन विकासमा ध्यान केन्द्रीत गर्ने मन्त्री किंरातीकाे भनाइ थियाे। दुर्गम भेगकाे धर्म संस्कृतिकाे संरक्षण देखि डाेल्पाेवासीका शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रमा जिवन नै त्याग गरेर लाग्ने समाजका अध्यक्ष निमा रिन्पाेछेकाे जति प्रसंशा गरेपनि कम हुने मन्त्री किंरातीले  बताउँनु भयाे।

यस्तै पूर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले जिल्लाकाे प्रतिनिधिकाे हिसावले उपल्लाे डाेल्पासँग अझ धार्मीक,अात्मिय देखि घनिष्ठ सम्वन्ध रहेकाे बताउनु भयाे। तल्लाे डाेल्पामा सडक संजालले जाेडिएपनि उपल्लाे डाेल्पा राष्ट्रिय राजमार्गले जाेडिन नसकेकाे उल्लेख गर्दै भेरी करिडाेरका काम पूर्णताका लागि दिनरात लागि परेकाे जानकारी दिनुभयाे। डाेल्पाे क्षेत्रकाे विकासकाे लागि अझ विशेष ध्यान केन्द्रीय गर्दै निरन्तर २५ वर्षदेखि स्थानीयकाे सेवामा लाग्नु भएका निमा रिन्पाेछे जनताका लागि भगवान भन्दा कम नभएकाे भन्दै प्रशंसा समेत गर्नुभयाे।

लुम्बिनि विकास काेषका उपाअध्यक्ष डा.लार्केल लामाले धर्म,संस्कृतिकाे संरक्षण र सेवामा डाेल्पाे क्षेत्रका गुरूहरूकाे याेगदान अतुलनिय रहेकाे बताउँनु भयाे। बाैँद्द धर्म दर्शन मात्र नभएर जिवन जिउने मार्गदर्शन रहेकाे बताउँदै इतिहास देखि अहिलेसम्म पनि बुद्द जन्मेकाे देशमा बाैंद्द धर्मावलम्वीमाथी लाग्ने विभिन्न अाराेपकाे खण्डन गर्नुपर्ने सबैलाइ सुझाव दिनुभयाे। राज्यसँग पनि हरेक नीति निर्माणकाे तहमा डटेर लाग्नुपर्ने बेला अाएकाे बताउँनु भयाे।

लामा मेनरी पोन्लाेब ठिन्ले  रिन्पाेछेले डाेल्पाे क्षेत्रका लामा गुरूहरू र वासीन्दाले जगेर्ना गरेकाे धर्म,संस्कृति र सहयाेग विश्वसमुदायका लागि पाठ हुने बताउँनुभयाे।

कार्यक्रममा समाजका अध्यक्ष निमा लामालाइ ३ वटै पालिकाले सम्मान गरेका थिए भने स्थानीय कला झल्किने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे। डाेल्पाेक्षेत्रका स्थानीयवासीकाे बाक्लाे उपस्थिति पनि रहेकाे थियाे। लामा रिन्पोछेले २५ वर्ष लामो यो समाजको इतिहासमा सहयोग गर्ने सबैसबैलाइ धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भयो।

 

    

Exit mobile version