Monday, December 23, 2024

गठबन्धनको आह्वानःराष्ट्रिय सभाका आफ्ना उम्मेदवारलाई जिताउनुहाेस्ःउम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

Share

काठमाडौँ,निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ ।
सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ ले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिको हो । उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने पौडेलको भनाई छ ।
उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देश गरेको छ । त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगको भनाई छ ।गठबन्धनको आह्वानःराष्ट्रिय सभाका आफ्ना उम्मेदवारलाई जिताउनुहोस्।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलहरुसँगको बैठकमा आइतबार सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ । तस्बिर ः प्रदीपराज वन्त ÷ रासस
सत्तासाझेदार दलआबद्ध राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन्। सत्तासाझेदार दलका तर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय सभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ।
‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ,’ अपिलमा अगाडि भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो।’
अपिलमा ‘देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वसर्त भएको स्पष्ट पार्दै लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौँ’ उल्लेख गरिएको छ।
निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्नेतर्फ सचेत गराउँदै अपिलमा भनिएको छ, ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ। हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन अपिल गर्दछौैँ।’
सत्तासाझेदार दलका कृष्णप्रसाद सिटौला, चम्फादेवी कार्की, आनन्दप्रसाद ढुंगाना, पूजा चौधरी विष्णुदेवी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्णप्रसाद अधिकारी र घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, मनरूपा शर्मा, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ।
सत्तासाझेदारका तर्फबाट प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्दै गठबन्धनका उम्मेदवरालाई विजयी गराउन आग्रह गरेका छन्।

Read more

Local News