माओवादी विधान अधिवेशन फागुन १ देखि,नेसपासँग चाँडै पार्टी एकता हुँदै
Share
यस्तै, स्थायी समितिले दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । पार्टीविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा विकलाई कारबाही गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । तामाङ राजावादी गतिविधिमा संलग्न भएको र विक
Table of contents
- काठमाडौँ — माओवादीले पार्टीको विधान अधिवेशन फागुन १ देखि राजधानीमा गर्ने भएको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी पुरानै नीति, पद्धति, विधिमा चलेको निष्कर्ष निकाल्दै बदलिँदो परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्न विधान अधिवेशन गर्न लागेको हो ।
- उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको सम्पूर्ण ध्यान विधान अधिवेशनमा केन्द्रित हुने बताए । ‘तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको आगामी वस्तुनिष्ठ कार्यदिशा र विधान निर्माण गर्नेछ,’ उनले भने । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको स्थायी समिति बैठकले माओवादी युद्ध सुरु गरेकै दिन राजधानीमा अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ मञ्च, केन्द्रीय आयोग, ७७ जिल्ला संयोजक, जनवर्गीय संगठनका प्रमुखहरू प्रतिनिधिका रूपमा आउनेछन् ।
- विधानको मस्यौदालाई सुझावका लागि तल्लो समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । ‘विधानमाथि सुझाव आएपछि स्थायी समिति बैठकले समावेश गर्नेछ । त्यो विधानलाई अधिवेशनमा राखिनेछ,’ प्रवक्ता सापकोटाले भने । बैठकमा चारमहिने विशेष रूपान्तरण अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालेको छ । स्थायी समिति सदस्यले अभियानले पार्टी संगठनहरूलाई सक्रिय बनाएको बताएका थिए । रूपान्तरण अभियानका जिम्मा लिएका कोशी इञ्चार्ज चक्रपाणि खनाल, मधेशबाट लीलामणि पोखरेल, वाग्मतीबाट जनार्दन शर्मा, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट हितमान शाक्य, कर्णालीबाट मात्रिका यादव, सुदूरपश्चिमबाट डिलाराम आचार्य र विशेषबाट वर्षमान पुनले रिपोर्टिङ गरेका थिए । ‘माओवादीप्रति जनताको विश्वास टुटेको छैन । अब विश्वास जित्न माथिबाटै पहल गर्नुपर्ने देखिन्छ,’ इञ्चार्जहरूको भनाइको सार थियो, ‘जनताको विश्वास माओवादीप्रति छ, तर नेताको विश्वास जनताप्रति छ कि छैन भनेर प्रश्न गरे ।’
- नेताहरूको रिपोर्टिङपछि अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशनले पार्टीलाई नयाँ ढंगले लैजाने बताएका थिए । उनले सरकारले जनताको पक्षमा बजेट ल्याउने र त्यसका लागि अहिलेदेखि नै तयारी थालेको जानकारी गराए । सरकार र बाहिरबाट हस्तक्षेपकारी कार्यक्रमले जनताको मन जित्ने उनको दाबी थियो । ‘अब बजेट बनाउँदा पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहिँ बजेट जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै सापकोटाले भने, त्यसो भएपछि जनताको के चाहना छ, जनताले के चाहेका छन् भन्ने कुरा पनि हुन्छ । अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दै छ । त्यो सिलिङ बनाउने क्रमसँगै सबैसँग छलफल गरिन्छ ।’
- पार्टी एकताको संयोजक दाहाल
- स्थायी समितिले पार्टी एकताको वातावरण बनाउने निर्णय पनि गरेको छ । पार्टी एकताको संयोजन अध्यक्ष पुष्पकमल दाहालले गर्ने र त्यसका लागि बाबुराम भराईले नेपाल समाजवादी पार्टीसँग छलफल अघि बढाउने भएका छन् । गत निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएको नेसपाका संघमा एक र प्रदेशमा दुई सदस्य छन् । पार्टी एकताका लागि छलफल जारी भए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
- ‘पार्टी एकताका लागि अध्यक्षले नै संयोजन गर्नुहुनेछ,’ प्रवक्ता सापकोटाले भने, ‘आवश्यक पहल गर्नेबारे छलफल भएको छ ।’ उनले पार्टी एकताका लागि छलफल चलिरहेकाले ठोस वातावरण बनाउने बताए ।
Read more