हिमालपारीका अर्थात उपल्लाे डाेल्पाका गाउँवस्तीमाःमाओवादीले राताे झण्डा फहराएदैँ अभियान चलाउँदै (फाेटाेफिचर)
Share
Table of contents
- डोल्पा,डोल्पा जिल्लामा पनि नेकपा माओवादी केन्द्रकाे शुरू गरेको तीन महीने अभियान भव्यरुपमा चलिरहेकाे छ। जिल्लाको आठ ओटै पालिकामा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान चलिरहेकाे छ ।
- सायदै पहिलाे पटक माओवादी केन्द्रले हिमालपारीका गाउँवस्तीमा पार्टीकाे अभियान सञ्चालन गरेकाे छ। ४ हजार मिटरमा रहेका गाउँवस्तीहरूमा अन्य पार्टीले समेत हालसम्म कुनै पनि पार्टीका अभियान सञ्चालन गर्न सकेकाे इतिहास छैन।
- डाेल्पाेबुद्द गाउँपालिका इन्चार्ज धावा थापाले पार्टीकाे ३ महिने अभियान हाल डाेल्पाेबुद्द गाउँपालिकाकाे प्रत्यक वडामा सञ्चालन भइरहेकाे छ। जनतामा उत्साह देखिएकाे र पार्टीकाे उदेश्य बमाेजिम जिल्लाको पहिलो बाटो बनाउने लक्ष्य रहेको अनुरूप अभियान सञ्चालन भइरहेकाे बताएका छन्। अन्यपार्टी परित्याग गरि पार्टी प्रवेश समेत गरिरहेकाकाे थापाले जानकारी दिए। पार्टीलाइ आगामी चुनावमा २०६४ को विरासदमा फर्काउने जिल्लाका नेताहरूको दावी रहेको छ।
- पहिलो पार्टी बन्ने लक्ष्य सहित डोल्पा माओवादी ३ महिने सुदृढीकरण अभियानमा एमाले र कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको जिल्लाभर लहर नै चलेकाे छ। “वि.स २०६२,६३ ताकाको झल्को दिनेगरी राता झण्डा र राता मान्छेहरू गाउँगाउँमा गएर अभियान सञ्चालन गरिरहेका छन्।
Read more